विदेशी पर्यटकको दावी : भोजपुरको ‘मुन्दुम ट्रेल’ उत्कृष्ट तीनमा

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७६ आश्विन २२, बुधबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असोज २२, भोजपुर । पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै आएका पर्यटकहरुले भोजपुरको ‘मुन्दुम ट्रेल’ उत्कृष्ट तीन ओटा भित्र पर्ने प्रतिक्रिया दिएका छन् । उनिहरुले नेपालको हाल सम्म ४३ ओटा पर्यटकिय क्षेत्रको भ्रमण गरेकोमा ‘मुन्दुम ट्रेल’ उत्कृष्ट तीन भित्र परेको प्रतिक्रिया दिएका हुन् ।

नेपाल सरकारको उत्कृष्ट १०० ओटा पर्यटकिय क्षेत्रको सुचीमा पर्न सफल ‘मुन्दुम ट्रेल’को ट्रेकिङका लागि पहिलो पटक आएका सात जना अमेरिकन पर्यटकहरुलाई बिदाई समेत गरिएको छ । दशदिन सम्म ट्रेकिङमा गएका उनीहरुले मुन्दुम ट्रेल भित्र पर्ने मैयुङडाँडा, टेम्केडाँडा, हाँस पोखरी लगाएतको भ्रमण गरेका छन् । मौसम खराब भएको कारण सिलिचुङ सम्म भने पुग्न नसकेको गाउँपालिकाले जनाएको छ ।

बिदाई कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष ध्रुवराज राईले प्रतिकुल मौसमको सामना गर्दैै पनि आफ्नो गाउँपालिका क्षेत्रको पर्यटकिय स्थलको भ्रमण गरेकोमा उनीहरुलाई धन्यबाद दिएका छन् । उनले मुन्दुम ट्रेलको आफ्नो ठाउँमा प्रचार प्रसार गरिदिन समेत आग्रह गरे।

अध्यक्ष राईले भने ‘प्रतिकुल मौसमको सामना गर्दै हाम्रो पर्यटकिय क्षेत्रको भ्रमण गरिदिनु भएकोमा गाउँपालिका आभार प्रकट गर्दछ, यस पदमार्गलाई सवै माझ चिनाउन भुमिका खेलिदिनु हुन अनुरोध गर्दछु ।’ जिल्लामा पहिलो पटक आएका पर्यटकहरुलाई भव्य रुपमा स्वागत समेत गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस