धादिङकाे जय बागेश्वरी बहुमुखी क्याम्पसको संचालक समिती अध्यक्षमा सांसद त्रिपाठी

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७६ आश्विन २६, आईतबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

असाज २६, धादिङ । जय बागेश्वरी बहुमुखी क्याम्पस मलेखुको संचालक समिती अध्यक्षमा सांसद भुमि त्रिपाठी चयन भएका छन् ।

शनिवार जय बागेश्वरी बहुमुखी क्याम्पस मलेखुमा आयोजित् क्याम्पस संचालक समिती बैठकले धादिङ जिल्ला निर्वाचन क्षेत्र नं। १ का सांसद भूमि त्रीपाठीलाइ चयन गरेको हो ।

स्थापनाकालदेखि एक दशक भन्दा लामो समय विद्यालय तथा जय बागेश्वरी बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्ष पदमा रहेका मिनराज कडेलले क्याम्पसमा आयोजित् बैठकमा संचालक समिती अध्यक्षमा सांसद भुमि त्रिपाठीलाई अध्यक्ष पद हस्तान्तरण गरेको क्याम्पस प्रमुख रामजी प्रसाद सिलवालले बताए ।

त्यस्तैगरी जय बागेश्वरी बहुमुखी क्याम्पस सन्चालक समितिको निवर्तमान अध्यक्ष मिनराज कडेल, सदस्यहरुमा गिरिराज कडेल, संगिता कँडेल, श्रवण त्रिपाठी, भुवन त्रिपाठी, गुणराज उप्रेती, देबप्रसाद त्रिपाठी, गोबिन्दराज कडेल, बबिता कडेल रहेका छन् ।

त्यस्तैगरी समितीको सदस्य सचिव भने क्याम्पस प्रमुख रामजी प्रसाद सिलवाल रहेका छन् । यद्धपी समितीमा त्रिभुवन विश्व विद्यालय प्रतिनिधि तथा स्व।वि।यू।प्रतिनिधि भने खाली राखिएको समेत क्याम्पस प्रमुख रामजी प्रसाद सिलवाले बताए।

नयाँ संचालक समिती चयन भए सँगै सांसद भूमि त्रीपाठीले क्याम्पसको भौतिक तथा शैक्षिक अवस्था वृहत रुपमा सुधार गर्दै लैजाने समेत बताए ।

साथै उनले क्याम्पसमा समय सापेक्ष शिक्षा प्रदान गरी जिल्लाकै नमुना क्याम्पसको रुपमा विकाश गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस