सुँगुरको मासु खाएका थप एक कैदीको मृत्यु

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०७६ आश्विन २७, सोमबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असोज २७, पाँचथर । सुँगुरको मासु खाएर गम्भीर बिरामी भई उपचाररत जिल्ला कारागार पाँचथरका एक कैदीको आइतबार राति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको फालेलुङ गाउँपालिका–७ सिदिनका सुन्दर राई रहेका छन् ।

उनको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।

राईसँगै सुँगुरको मासु खाएर मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि गत असोज १९ गते दसैँको समयमा सुँगुरको पित्त र कलेजो पकाएर खाएका दुईजनाको मृत्यु भइसकेको छ । फालेलुङ गाउँपालिका–८, याङनामका २५ वर्षीय बुद्धि केरुङको गत असोज २० गते दिउँसो उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै फिदिम नगरपालिका–१०, याङनामका ३४ वर्षका जयप्रकाश जवेगुको उपचारका लागि झापातर्फ लाँदै गर्दा बाटोमै २० गते राति मृत्यु भएको थियो । मासु खाएर बिरामी भएका चार जनामध्ये अहिले एक जनाको मेची अञ्चल अस्पतालमा उपचार भइरहेको छ । जिल्लाको कुम्मायक गाउँपालिका ३ का दिनेश खजुमको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला कारागार पाँचथरका सूचना अधिकारी विमल ढुङ्गानाका अनुसार दसैँ मनाउन कारागारभित्र तीनवटा सुँगुर काटेको र त्यसको पित्त र कलेजो चारजनाले पकाएर खाएपछि उनीहरु बिरामी परेका हुन् । मासुमात्र खाने अरु बिरामी नपरेको उनको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस