असोज २८, गुल्मी । खोला तर्ने क्रममा डुबेर मंगलबार बालिकासहित दुई जना बेपत्ता भएका छन्।
मुसिकोट नगरपालिका–५ दोभानस्थित छल्दीमा खोला तर्ने क्रममा २१ वर्षीय जीवन विक र पाँच वर्षीया गरिमा विक बेपत्ता भएका हुन्।
खोला तर्ने क्रममा डुबेका सात वर्षीय किसान विकको माछा मार्न गएका स्थानीयवासीले तत्काल उद्धार गरेका थिए।
बेपत्ता दुवैको स्थानीयवासी र सुरक्षाकर्मीले खोजी गरिरहेको प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए। रासस