सिरहामा ब्राउनसुगरसहित दुईजना पक्राउ

  • अनलाइन केन्द्र
  • / रोजगार /
  • २०७६ आश्विन ३०, बिहिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असोज ३०, सिरहा ।  प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित सिरहा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको गस्ती टोलीले बुधबार राति गोलबजार नगरपालिका–५ असनपुरबाट लागुऔषध ब्राउन सुगरसहित स्थानीय बासिन्दा २४ वर्षीय मुनेशकुमार सिंह र २८ वर्षीय हरिशचन्द्र महतोलाई पक्राउ गरेको हो ।

स्थानीय दुर्गा यादवको कुखुरा फार्ममा लुकाएर प्लाष्टिकको पोकामा तयार पारिएको अवस्थामा दुवैको साथबाट लागुऔषध ब्राउनसुगर ४३० मिलीग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

दुवैजनाले प्रयोग गरेको स ३ प ७६०८ नं को मोटरसाइकलसमेत नियन्त्रणमा लिएको र पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस