कार्तिक २, पाल्पा । पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली बजारबाट नजिकै भएको ट्रक दुर्घटनामा एकको मृत्यु भएको छ । शुक्रबार साँझ लु १ ख ९२०२ नम्बर ट्रक दुर्घटनामा ६ जना घाइते भएका छन् ।
गुल्मीबाट बुटबलका लागि जाँदै गरेको ट्रक दुर्घटना भई सडकबाट ४०० मिटर तल खसेको छ ।
घाइतेको तानसेनस्थित युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि ल्याइएको छ ।