कृषि ज्ञान केन्द्र धादिङबाट ७५ प्रतिशत अनुदानमा कृषि औजार वितरण

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७६ कार्तिक ५, मंगलबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

कार्तिक ५, धादिङ । किसानहरुका लागि कृषि ज्ञान केन्द्र धादिङबाट यस वर्षपनि ७५ प्रतिशत अनुदानमा ६२ प्रकारका कृषि औजार तथा उपकरणहरु वितरण गरिने भएकाे छ । यसका लागि धादिङका सबै स्थानिय तहमा रहेको कृषि समुह, कृषि सहकारी तथा कृषि ब्यवसाय गरिरहेका कम्पनीहरुको लागि फाराम भर्न आब्हान गरिएको छ ।

गत असोज ९ गतेदेखि नै फारम खुल्ला गरेको कृषि ज्ञान केन्द्रले फाराम भर्ने अन्तिम दिन कात्तिक ८ गतेसम्मलाइ तोकेको छ । नेपाल सरकारले ७५ प्रतिशत सम्म अनुदान दिने उपकरणहरु लिनको लागि कृषि समुह तथा कृषि सहकारी र कृषि कम्पनीहरुले मात्रै आवेदन दिन पाउने छन् ।

यस पटक वितरण गरिने औजारहरुमा ५ देखि ९ हर्सपावरको मिनि टिलर, २० हर्सपावरको पावर टिलर, विभिन्न बालीनाली काट्ने गोड्ने, झार्ने, खन्ने, रोप्ने जस्ता सवै प्रकारका उपकरणहरु रहेको कृषि प्रसार अधिकृत एवं कृषि ज्ञान केन्द्र धादिङका सुचना अधिकारी कमलराज शर्माले बताए ।

ब्यक्तिगत रुपमा उपकरण माग फाराम भर्न नमिलेपनि समुहका सवै सदस्यहरुको लागी उपकरण आवश्यक भएमा समुहको माइन्युट गरेर निर्णय गरि जति जनालाइ आवश्यक पर्ने हो उतिजनाको लागि माग फाराम भर्न मिल्ने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

साथै फारम भर्नको लागि आउने ब्यक्तिको नागरिकता र फोटो अनिवार्य ल्याउनुपर्ने केन्द्रले जनाएको छ ।कृृषि क्षेत्रमा यान्त्रिकरणको लागि प्रदेश नम्वर ३ सरकारको योजनामा अनुदानमा वितरण गर्न लागिएको कृषि औजार उपकरणको लागि कात्तिक ८ गतेसम्म औजार उपकरण माग फाराम संकलन गर्ने र संकलन गरिएका फारमहरुलाइ कृषि विकास निर्देशनालय हेटौडा पठाए पश्चात धादिङ जिल्लाको भागमा परेको जति उपकरण विक्रीविरतण गर्ने कार्य रहेको शर्माले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस