कार्तिक ७, बैतडी । स्काभेटरले किच्दा बैतडीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेलौली नगरपालिका ५ पेलेका ५५ वर्षीया शुक्र सिंह पुजारा रहेका छन्।
मेलौलीको लामालेक-ढणौन सडकखण्डको पेलेमा स्काभेटरमा सवार रहेका पुजाराको एक्कासी खसेर स्काभेटरले किचेको प्रहरीले जनाएको छ।
लामालेक-ढणौन सडक निर्माण पछी घर निर्माणको लागि खन्नका लागि ल्याउदै गरेका अवस्थामा बिहीवार बिहान ८ बजे पेले भन्ने ठाउँमा खसेको इलाका प्रहरी कार्यालय मेलौलीका प्रहरी नायब निरीक्षक मानसिंह बोहराले जानकारी दिए।
स्काभेटर चालक दशरथचन्द नगरपालिका २ देहिमाडौंका ३० वर्षीय शेरीसिंह बोहरा फरार रहेका छन्। फरार चालक खोजी भइहरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।