पिङको विषयमा विवाद हुँदा खुकुरी हानाहान, ६ जना घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ कार्तिक १३, बुधबार (५ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

कार्तिक १३, रामेछाप । रामेछापको गोकुलगंगमा पिङको विषयमा भएको विवादले झगडाको रुप लिएपछि दुई समूहबिच खुकुरी हानाहान भएको छ । गोकुलगंगा–६ फर्पुमा मंगलबार राति स्थानीय युवाहरुबिच झडप भएको हो ।

घटनामा ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा सुशील तामाङ, धनबहादुर तामाङ, पदमबहादुर तामाङ, गोविन्दबहादुर तामाङ, सोमबहादुर गोलेलगायत रहेका छन् । उनीहरुको सदरमुकाम मन्थलीमा रहेको रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

तिहार मनाउन घर आएका युवाहरुबीच मंगलबार दिउँसो पिङ खेल्ने क्रममा विवाद भएको थियो । दिउँसोको विषयलाई लिएर राति पनि विवाद बढेपछि खुकुरी हानाहान भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस