कार्तिक १७, दाङ । अदालतले कसुर फैसला गरेपछि फरार रहेका घोराही उपमहानगरपालिका –१८ गिठेपानी बस्ने २६ वर्षीय रामबहादुर विक पक्राउ परेका छन् ।
२०७३ साल वैशाख १३ गते घोराही उपमहानगरपालिका–२ बस्ने सुन्तली विक (आफ्नै सासु आमा) को घरमा आगो लगाएको कसुरमा उच्च अदालत तुलसीपुरले दोषी ठहर गरेको थियो । अदालतले ४ वर्ष कैद सजाय तोकेपछि फरार रहेका राम बहादुर आइतबार बिहान पक्राउ परेका हुन् ।
आइतबार बिहान घोराही उपमहानगरपालिका–१८ गिठेपानीमा घरमै लुकिछिपि बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।