सिन्धुपाल्चोकमा बस दुर्घटनाः ६ जनाको शव निकालियो, दर्जनौंको मृत्यु भएको आशंका

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ कार्तिक १७, आईतबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

कार्तिक १७, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मागा देउरालीबाट काठमाडौं जाँदै गरेको बा २ ख ७२४५ नम्बरको बस अरनिको राजमार्गको सुकुटे नजिकै दुर्घटना भएको छ ।

सडकबाट सय मिटर तल सुनकोशी नदिमा बस खस्दा बसमा सवार सबैको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । दुर्घटनास्थलमा ६ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । बस नदीमा पूरै डुबेको छ।

केही शब खोलामा बगिरहेको दृश्य पनि देखिन्छ । मृतक संख्या बढ्नसक्ने बताइएको छ। मृतकको संख्या एकिन हुन नसकेको प्रहरीले बताएको छ। थप विवरण आउँन बाँकी छ।

ताजा अपडेट

खोजी गर्नुहोस