कार्तिक १८, काठमाडौं । अरनिको राजमार्गअन्तर्गत सुकुटेमा आइतबार भएको बस दुर्घटनामा मृत्यु भएको सबै १७ जनाको सनाखत भएको छ ।
दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा मृत्यु भएका सबैको सनाखत भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार मृत्यु हुनेमा दोलखा जिल्ला शैलुङ–६ की ५२ वर्षीया चेतकुमारी बस्नेत, शैलुङ–४ का ६ वर्षीया सलिना तामाङ, शैलुङ–३ का तीन महिनाका बालक रोशन तामाङ, शैलुङ–३ कै २७ वर्षीया चमेली श्रेष्ठ रहेकी छिन् ।
त्यसैगरी ४५ वर्षीया रत्नकुमारी रावत, २९ वर्षीय किरण रावत, २० वर्र्षीया कविता रावत र १४ वर्षीय निखिल खड्का शैलुङ–५ का रहेका छन् । शैलुङ–४ का १४ वर्र्षीय दिल लामा, शैलुङ–३ का ३२ वर्षीया निर्मला खड्का, काभ्रेपलाञ्चोक रोशी–४ की पाँच वर्षीया सजिना तामाङ, दोलखाका ७० वर्षीया उरमाया तामाङ र भीमेश्वर नगरपालिका–९ की २४ वर्षीया रञ्जिता केसीको पनि मृत्यु भएको छ । यस्तै दोलखाको शैलुङ्गेश्वरी–५ की ३८ वर्षीया सानु राउत आले, शैलुङ्गेश्वरी–३ का अन्दाजी १४ वर्षका निकेश खड्का, चितवनको पटीहानीकी ५६ वर्षे पूजा बस्नेत र सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी–४ की ६ वर्षीया सायरानी श्रेष्ठको पनि मृत्यु भएको छ ।
दुर्घटनामा परेकाको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा खटिएका थिए।
घाइतेहरूको नामावली
दुर्घटनामा निशा तामाङ, एकरानी कार्की, छत्रकुमारी थापा, सुनिल थापा जीवन खड्का, समीर श्रेष्ठ, मिनकुमार श्रेष्ठ, सङ्गीता श्रेष्ठ, जेनिशा श्रेष्ठ, सदीक्षा कार्की, सुरेश तामाङ, सहनशीला घिसिङ र कौशिला कार्की रहेको प्रहरीले जनाएको छ ।
प्रविन आलेमगर, बबिता श्रेष्ठ, कोपिला कार्की, हरिमाया थापा, सीमा कार्की, युनिसा खड्का, मनिका खड्का, कमला मोक्तान, डोल्मा तमाङ, श्रीकृष्ण कार्की, शिशिर तामाङ र सुनिता तमाङ घाइते भएका छन् ।
त्यसैगरी शसीता तामाङ, युनिसा तामाङ, रश्मी बस्नेत, सविता थापा, निरक श्रेष्ठ, रविन मोक्तान, निकेश श्रेष्ठ, रञ्जना केसी, सरिता तमाङ, जीतबहादुर खड्का र लोकबहादुर थापा, रोमन तिमल्सिना, विमला तामाङ, दीपा घिसिङ, रोमा घिसिङ, सुजन तामाङ, गोमा श्रेष्ठ र सुकमान विक रहेका छन् । तीनजनाको नाम खुल्न बाँकी छ ।