युवती अपहरण गर्ने तीन जना पक्राउ

  • अनलाइन केन्द्र
  • / रोजगार /
  • २०७६ कार्तिक १८, सोमबार (५ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

कार्तिक १८, सिरहा । सिरहामा युवतीलाई अपहरण गर्ने तीनजनालाई प्रहरीले पक्राउ परेको छ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका वडा नं. ९ का २४ वर्षिय रामप्रकाश गोइत, ३६ वर्षीय गणेश कुमार यादव र २२ वर्षिय नथुनी भनिने चतुरानन्द यादव रहेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक अपिलराज बोहराले जनाएका छन्।

बुधबार राति दशैंको मेला हेरेर फर्कने क्रममा युवतीलाई पाँच जना मिलेर अपहरण गरेको थियो। अपहरण गर्नेहरुमा तीनजना प्रहरीको नियन्त्रणमा रहेको छ भने दुईजना फरार रहेको सिरहा प्रहरीले जनाएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोलबजार नगरपालिकाको मुसहर्नियाबाट युवतीलाई अपहरण गरिएको थियो। अपहरणमा परेकी युवतीलाई प्रहरीले विहिबार बिहान सकुशल उद्धार गरेको हो।

अपहरणमा संलग्न रहेकोलाई सिरहा प्रहरीले आज पक्राउ गरेको तीन जनालाई सार्वजनिक गरेको छ।

बीआर ३२ पीए ४२६२ नम्बरको भारतीय जिपबाट अपहरण गरेर लगिरहेको अवस्थामा सिरहा नगरपालिका ९ गुलरीया चौकबाट युवतीलाई सकुशल उद्धार गरेर तीनजनालाई पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरीक्षक बोहराले जनाए।

फरार रहेको दुई जनाको खोजी भईरहेको उनले बताए। साथै पक्राउ परेकोहरुको साथबाट आठ राउण्ड गोली र तीन सय पिस नाइट्राभेट लागुऔषधसमेत बरामद गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस