नेपालमा बोलिने भाषामा ६ वटा नयाँ भाषा थपिए

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ कार्तिक १९, मंगलबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कार्तिक १९, काठमाडौं । नेपालमा १२३ भाषा बोलिने गरेकोमा ६ वटा नयाँ भाषाको पहिचान भएको छ ।

पहिचान भएका नयाँ भाषामा राना थारू, नार फु, चुम (स्यार), नुब्री (लार्के), पोइके र सेराके (सेके) छन् । यी भाषा क्रमशः कञ्चनपुर, मनाङ, गोरखा, डोल्पा र मुस्ताङमा बोलिने पाइएको छ ।

चुम (स्यार) र नुब्री (लार्के) दुईवटा भाषा गोरखामा बोलिने पाइएको छ । अब नेपालमा बोलिने भाषाको सङ्ख्या १२९ पुगेको छ । नेपालका अधिकांश भाषा मौखिक परम्परामा आधारित छन् र लेख्य पद्धति अझै विकास हुन सकेको अवस्था छैन । भाषा आयोगले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको वार्षिक प्रतिवेदनमा नयाँ भाषाको पहिचानलाई संस्थागत गरिएको छ ।

आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसमक्ष पेस गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस