मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७६ कार्तिक २०, बुधबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कात्तिक २०, चितवन । चितवनमा मंगलबार राति भएको दुर्घटनामा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । भरतपुर महानगरपालिका–४ लङ्कुमा ना६२प ५९५ नंको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

दुर्घटनामा मोटरसाइकल चालक वडा नं ४ का २४ वर्षीय दीपक बस्नेतको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल पछाडि सवार सोही ठाउँका २० वर्षीय प्रदीप बस्नेत गम्भीर घाइते भएका छन् ।

उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस