बुढानीलकण्ठ नारायण मन्दिरका लागि भारतद्वारा मठाधीश भवनको निर्माण

Post Thumbnail

कार्तिक २१,काठमाडौँ । नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले बुधबार बुढानीलकण्ठ नगरपालिकामा अवस्थित बुढानीलकण्ठ नारायण मन्दिरको नवनिर्मित मठाधीश भवनको उद्घाटन गरेका छन । सो उद्घाटन समारोहमा बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल, जिल्ला समन्वय समितिका अध्यक्ष शिवसुन्दर राज वैद्य लगायत राजनीतिक तथा सामुदायिक नेतृत्वकर्ताहरुको सहभागीता थियोे ।

यो मन्दिर काठमाडौं जिल्लाको उत्तर तर्फ शिवपुरी डाँडाको काखमा अवस्थित छ । यस धार्मिकस्थलको पोखरीको मध्य भागमा नागहरुको शैय्यामा पल्टिरहेका भगवान विष्णुको मूर्ति सम्भवतः नेपालको सबैभन्दा ठूलोे प्रस्तर मूर्ति हो । संसारभरी रहेका हिन्दू धर्मावलम्बीहरुका लागि यस मन्दिरले ठूलो धार्मिक तथा सांस्कृतिक महत्व राख्दछ ।

मन्दिरको दर्शन गर्न भारत तथा विश्वको अन्य स्थानहरुबाट दैनिक रुपमा हजारौको संख्यामा तीर्थयात्रीहरु आउँछन् । मन्दिर परिसरमा निर्मित यस मठाधीश भवन भारत र नेपालबीचको सदियौं पुरानो सांस्कृतिक सम्बन्धको प्रतीकको रुपमा रहेको छ ।
भारत सरकारको २ करोड १८ लाख रुपैया अनुदान सहयोगमा निर्माण भएको नवनिर्मित यस तीन तल्ले भवनले मठाधीश तथा युवा भिक्षुहरुलाई आश्रय दिनेछ ।

जिल्ला समन्वय समिति काठमाडौंैंले यस परियोजनालाई कार्यान्वयन गरेको हो ।
दुई देशबीच प्रगाढ तथा घनिष्ट सम्बन्ध रहेकोले नेपालको समृद्ध धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रवद्र्धनमा भारतले दर्शाएको महत्वलाई यस परियोजनाले जोड दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस