राष्ट्रपतिद्वारा ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ अभियानलाई सफल पार्न चलचित्रकर्मीहरुलाई आह्वान

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ कार्तिक २१, बिहिबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

कार्तिक २१, पर्सा । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजमा महिलाको उत्थान र विकासका लागि अघि सारिएको ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ अभियानलाई सफल पार्न चलचित्रकर्मीहरुलाई आह्वान गरेकी छन्।

वीरगञ्जमा बिहीबारदेखि सुरु भएको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव–२०७६’ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्।

यस्ता महोत्सवले चलचित्र उद्याेगलाई समृद्ध उद्योगको रुपमा विकास गर्नका लागि सहयोग पुग्ने बताइन्।

बिहीबारदेखि शुरु भएको चलचित्र महोत्सव शनिबारसम्म चल्नेछ। महोत्सवमा बलिउड अभिनेता गोविन्दासहित नेपाली कलाकारहरुले आफनो प्रस्तुति दिनेछन्।

ताजा अपडेट

खोजी गर्नुहोस