नेपालगन्ज उपमहानगरपालिका ‘सडक मानवमुक्त’ घोषणा

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ कार्तिक २८, बिहिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

कार्तिक २८, बाँके । नेपालगन्ज उपमहानगरपालिकाले सडक मानवमुक्त घोषणा गरेको छ ।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बिहीबार नेपालगन्जलाई अभिभावकबिहीन, सहयोगीपेक्षी सडक मानवमुक्त घोषणा गरेका हुन् ।

मन्त्री बरालले आफन्तको अभावमा कसैले पनि सडकमा दिन वा रात गुर्जान नपर्ने दाबी गरे । उनले भने, ‘जसको कोही पनि छैन । परिवारका आफन्त छैनन् । जसको अभिभावक छैन । ती सबै नागरिकका लागि सरकार अभिभावक हो । कुनै पनि नागरिक आफ्नो अभिभावकबिहीन नहोस् भनेर हामीले गत वर्षबाट यो अभियान सुरु गरेका हौं।’

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले दाना र खानाबिहीन व्यक्ति भेटेमा सम्पर्क गर्न आग्रह गरिन् । उनको आग्रह थियो, ‘सडकमा कोही अभिभावकबिहीन व्यक्ति भेटेमा खबर गर्नुस् । हामी तत्कालै उद्दार गरेर खाना र नानाको व्यवस्था गर्दै परिवारमा पुनर्मिलन गराउने छौं ।’

ताजा अपडेट

खोजी गर्नुहोस