खोरका बाख्रा काट्दै हिड्ने समूहकाे आतक‌ बढेपछि स्थानीय बासिन्दा त्रसित

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०७६ कार्तिक २९, शुक्रबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

कार्तिक २९, भोजपुर । भोजपुरको अरुण गाउँपालिकामा अज्ञात समूहले सात वटा बाख्रा काटेर मारेका छन् ।

अरुण गाउँपालिका–६ जरायोटारको खर्काउनेमा रणबहादुर विश्वकर्माको एउटा, बाबुराम विश्वकर्माका तीन वटा र भरत विश्वकर्माका तीन वटा बाख्रा अज्ञात समूहले काटेर मारिदिएको हो ।

खोरमा बाँधिएका बाख्रा काटेर मारिदिएपछि स्थानीयवासी त्रसित भएका छन् । खर्काउनेमा तीन किसानका घरका बाख्रा काट्ने त्यही समूहले जरायोटारको केन्द्र पाल्पालेस्थित केही पसलमा तोडफोड गरेको हुनसक्ने पनि स्थानीयवासी टीकाराम बराइलीले जानकारी दिए ।

खोरमा बाँधिएका बाख्रा काटेर मारिएको र पसल तोडफोडको घटनापछि अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । रासस

ताजा अपडेट

खोजी गर्नुहोस