मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७६ मंसिर १, आईतबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

मंसिर १, काठमाडौं । काठमाडौँ महानगरपालिका–१३ ताहाचलमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।

ताहाचलस्थित सडकमा बा ८९ प ९४८ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा मोटरसाइकलमा सवार काठमाडौँ वाफल बस्ने धादिङ खानिखोलाका २२ वर्षीय राजु लामाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नेशनल अस्पताल कलङ्कीमा उपचार हुन नसकेपछि ट्रमा सेन्टरमा ल्याएकामा सोही उपचारका क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस