हेलम्बुमा युवाहरुको बीग एग्रिकल्चर परियोजना : च्याउदेखी कुखुरासम्म एकै ठाँउमा उत्पादन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ मंसिर ३, मंगलबार (५ साल अघि)
  • ७४ पटक पढिएको
Post Thumbnail

मंसिर ३,सिन्धुपाल्चोक । जिल्लाको हेलम्बुमा बहुउद्देश्य एकीकृत कृषि परियोजना सुरु भएको छ विग एग्रिकल्चर प्रा.लिमार्फत युवाहरुले संयुक्त कृषि परियोजना सुरु गरेका हुन् ।

वाँझो रहेको खाली जमीनको सदुपयोग गरी सामुहिक खेती प्रणालीको शुरुवात गर्ने तथा प्राकृतिक रुपमा प्राप्त हुने श्रोत साधनको प्रयोग गरी युवा जनशक्तीमार्फत प्रांगारिक कृषि उत्पादन गरी स्वदेशमै रोजगारी सिर्जना गर्नु यसको प्रमुख उद्देश्य रहेको परियोजनाका एक जना सञ्चालक विनोद लामिछानेले जानकारी दिए । उनी कानुन व्यवसायी समेत हुन ।

प्रारम्भिक चरणमा १३ जना युवाहरु सम्मिलत समुहले परियोजना शुरु गरका छन् । पहिलो चरणमा जिल्लाको हेलम्बु गाउँपालिका वडा नं ४ बाट कार्यक्रम शुरु गरिएको छ । यहाँ अहिले लेयर्स कुखुराको व्यवसाय थालिएको छ भने अर्गानिक च्याउ उत्पादन भईरहेको छ ।

च्याउदेखी कुखुरासम्म एकै ठाँउमा उत्पादन

सिताके च्याउ रु १० लाख ५० हजारको लागतमा पाँच हजार काठको मुढामा रु ८७ लाख बरावरको स्वस्थ च्याउ उत्पादन तथा बिक्रि भइरहेको छ भने दुई करोडभन्दा बढीको लागतमा १२ हजार ५०० लेयर्स कुखुरा पालन गरिएको छ । त्यसबाट सदरद दैनिक रु ६५ हजारदेखि ७५ हजार मूल्य बरावरको अण्डा उत्पादन भइरहेको लामिछानेले बताए । उनका अनुसार कन्ये च्याउ ४०० केजी बराबरको उत्पादन भइरहेको छ ।

दोस्रो चरणमा मेलम्ची नगरपालिकामा र तेस्रो चरणमा काठमाडौँमै परियोजना सञ्चालन हुने जनाइएको छ । एक सय जना शेयर सदस्य रहने गरी १५ वर्षे परियोजना थालिएको उनले बताउनुभयो । यसबाट झण्डै एक हजार ५०० जनाले रोजगार पाउने जनाइएको छ । यस्ता कार्यक्रमले सरकराको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न सहयोग पुग्ने छ ।

प्रि–योजनामार्फत आगामी तीन वर्षमा हाल प्राप्त सिकाई र स्थानीय बजारको बढ्दो मागका आधारमा आगामी ३ वर्ष भित्र यस कम्पनीको स्वामित्वमा रहेको जमिनमा अत्याधुनिक पुर्वाधार तयार गरी २० हजारको संख्यामा लेयर्स तथा स्थानिय जातका कुखुरा पालन गर्ने, यसका लागि ३ चरणमा गरी स्थानीय, लेयर्स तथा अन्य विभिन्न जातका कुखुराहरु थप्दै लगिने, र योजनाको पुर्णता हुँदा दैनिक रु २ लाख ५० हजार मूल्यको अण्डा तथा मासुको उत्पादन गरिने योजना छ ।

यसबाट वार्षिक डेढ करोड मुनाफा हुने परियोजनाले अनुमान गरेको छ । पूर्ण रुपमा परियोजना सञ्चालन भएपछि भने झण्डै १० करोड मुनाफा हुने अनुमान गरिएको छ ।

परियोजना अन्तरगत खाली १५० रोपनी जमिनमा अर्गानिक तरकारी खेती गरिने र रासायनिक मल तथा विषादीको प्रयोग विना नै उत्पादन गर्ने योजना रहेको छ । तरकारी खेतीका लागि उन्नत किसिमको कम्पोष्ट मल यहीँ नै तयार पारिने जनाइएको छ ।

बहुउदेश्यीय योजना

कुखुरापालन, बायोग्याँस, मल उत्पादन र अर्गानिक तरकारी उत्पादनको यो बहुउदेश्यी योजनाका लागि १३ युवाहरुले साढे २ करोड श्रण लगानी गरेका छन् । सनराइज बैंकबाट डेढ करोड ऋण लिएका उनीहरुले नेपाल बैंकसँग सहुलीयतको ऋणको लागि अन्तिम प्रक्रिया अघि बढाएका छन् । ‘हामीले पैसा भएर यो काम सुरु गरेको होइन, सबै ऋण लिएर आफ्नै गाउँमा केही गर्नुपर्छ भनेर काम सुरु गरेका हौँ’ अध्यक्ष लामिछानेले भने ।

युवाहरुले आम्दानी खर्चको पनि राम्रो हिसाबकिताब निकालेका छन् । दैनिक १५ हजार अण्डा बिक्रीबाट दैनिक १ लाख ५० हजार संकलन हुने अनुमान रहेको छ । बायो ग्यासबाट २८ घरमा ग्याँस वितरण गर्दा मासिक १ हजार, केज हाउसमा खपत हुने इनर्जीबाट दैनिक ५ हजार बचत हुने हिसाबामा देखिएको छ । दैनिक एक टन अर्गानिक मल उत्पादन हुने र एक गाडी तरकारी उत्पादन हुदा केही वर्ष भित्रै आफुहरुको लगानी उठ्नेमा युवाहरु ढुक्क छन् ।

‘जोखिम त छ नै तरसँगै हामीले सम्भावना पनि देखेका छौँ’, सञ्चालक मध्येका एक शिव लामिछानेले भने । बार्षिक आम्दानीको ६० प्रतिशत खर्च भयो भने बाँकी ४० प्रतिशत त्यही नै लगानी गर्नै योजना रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस