‘नपढाईकन तलब थाप्छन् शिक्षक’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ मंसिर ९, सोमबार (५ साल अघि)
  • ५८ पटक पढिएको
Post Thumbnail

मंसिर ९,काठमाडौँ । जिल्लाको कनकासुन्दरी माविका विद्यार्थी प्रेमप्रसाद उपाध्याय हरेक पटक अलमलिन्छन्। उनी कोर्स नसकिँदै परीक्षामा सामेल हुनुपर्दा निकै अलमल हुने बताउँछन्।

कर्णालीका विद्यालयमा कोर्स नसकिएर परीक्षा हुनु नौलो विषय होइन। उनले भने, ‘बरु कुनै शिक्षकरविद्यालयले समयमै कोर्स सकाए भने नौलो हुन सक्छ।’

शिक्षक राजनीतिमा लाग्नु, विद्यालयप्रतिको अभिभावकको चासो कम हुनु र विद्यार्थी पनि लगनशील नबन्नुले कर्णालीको शिक्षा बर्सेनि खस्कँदो छ। उपाध्यायले भने, ‘नपढाईकन शिक्षकले तलब थाप्छन्।

विद्यार्थीले पूरा कोर्स नपढीकन परीक्षा दिनुपर्ने बाध्यता छ। विद्यालयमा उपस्थित नहुने र राजनीति गर्ने शिक्षकलाई कारबाही सट्टा राजनीतिक संरक्षण हुन्छ। जसका कारण यहाँको शिक्षाको गुणस्तर उकालो लाग्नुको सट्टा खस्कँदो छ।’

विद्यार्थीले नपढेको पाठबाट सोधिएका प्रश्नको सामना गर्नुपर्छ। ‘यसरी कसरी फरीक्षाफल राम्रो बन्छ’, उनले भने, ‘कर्णालीका शिक्षकमा दक्ष जनशक्ति उत्पादन कसरी गर्ने भन्ने चिन्तन छैन। शिक्षक गैरजिम्मेवार छन्। शिक्षामा चरम राजनीति छ। यसमा अभिभावकको पनि चिन्ता छैन। विद्यार्थीलाई अलमल्याउने र झारा टार्ने पाराले कसरी बिकाउ जनशक्ति उत्पादन हुन सक्छ।’

कनकासुन्दरी मावि लुडकुमा कक्षा १० मा अध्ययनरत पुजनकुमार उपाध्याय पनि कोर्स पूरा नहुँदै परीक्षामा सामेल हुनुपर्दा निकै नरमाइलो लाग्ने बताउँछन्। उनका अनुसार समयमै पाठ्यपुस्तक नपाइनु र शिक्षक नियमित विद्यालय नआउनु र शिक्षक नआएपछि विद्यार्थी पनि स्कुल नजाने प्रवृत्तिले शिक्षा नाममात्रको छ।

कर्णालीका प्रत्येक विद्यालयमा आचारसंहिता छ, दैनिक कार्यतालिका पनि छ तर यी सबै कागजमा मात्र सीमित हुँदा शिक्षाको गुणस्तर उकासिन नसकेको उनको भनाइ छ।

-नागरिक दैनिकबाट

ताजा अपडेट

खोजी गर्नुहोस