राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र द्वारा १ करोड अपाङ्गता अक्षय कोषको स्थापना

Post Thumbnail

मंसिर १५, काठमाडौं । राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र द्वारा राष्ट्रिय सम्मान तथा अपाङ्गता सहायक सामग्री वितरण” कार्यक्रम नेपाल पुलिस क्लब भृकुटीमण्डप मा संस्थाको अध्यक्ष नीलकण्ठ पौडेल सभापतित्वमा र उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादव को प्रमुख अतिथिमा सम्पन्न भयो ।

कार्यक्रमलाई सम्बोधन गदै उपप्रधानमन्त्री यादवले , राज्यका हरेक संरचनमा अपाङ्गता भएका व्यक्तिको समान सहभागितालाई व्यावहारिक रुपमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले अपाङ्गता भएका व्यक्तिको अधिकार प्राप्तिका लागि भएका ऐन/कानून र नीतिको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘अपाङ्गता भएको व्यक्ति सपाङ्ग व्यक्तिभन्दा कुनै पनि हिसाबले कमजोर हुँदैन, दुवै समाजका अङ्ग हुन, त्यसैले समान अवसर हुनुपर्छ, अपाङ्गता भएकै कारण उनीहरुमा हिनताबोध हुनु हुँदैन ।’

उनले संविधान ऐन/कानून नीति नियमले समेत अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखेको सन्दर्भ उल्लेख गर्दै आत्मबल बलियो बनाएर अगाडि बढ्न आग्रह गरे ।

केन्द्रका अध्यक्ष नीलकण्ठ पौडेलले संघ, प्रदेश र स्थानीय तीनै सरकारले अपाङ्गतामैत्री बजेट प्रस्तुत नगरेको भन्दै अपाङ्गतामैत्री बजेटका लागि आग्रह गरे ।

केन्द्रले आजै १ करोडको अपाङ्गता अक्षय कोषको समेत स्थापना गरेको छ । कार्यक्रममा अपाङ्गताको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएबापत विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गर्नुका साथै अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचियर र वैशाखीसमेत वितरण गरिएको थियो ।

कार्यक्रममा महानगरीय प्रहरी आयुक्त एस एस पी श्याम ज्ञवाली, उर्मिला डंगोल, कमल कटुवाल, रबिन प्रसाद थपलिया, सरिता थुलुङ, आशिका तामाङ लगाएतको उपस्थिति थियोे । कार्यक्रम मा रमा न्याैपाने र निलम ढुंगानाको एउटा खुट्टाले गरेको नाचको विशेष प्रस्तुति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस