मंसिर २०, अछाम । छाउगोठमा ज्यान गुमाएकी पार्वती बुढा रावतका जेठाजु छत्र रावत पक्राउ परेका छन् ।
साँफेबगर–३ सिद्धेश्वर डिक्रेनीकी पार्वतीको आइतबार राति मृत्यु भएको थियो । छाउपडी प्रथालाई कानुनी रुपमै अपराध मानेपछि प्रहरीले पहिलो पटक कानुनी प्रक्रियाको सुरुवात गरेको हो ।
यसलाई यसअघि नैतिक अपराध मानिन्थ्यो । छत्रलाई अनुसन्धानका लागि बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी जनक शाहीले जानकारी दिए ।
‘मृतकका जेठाजुले छाउगोठमा बस्न बाध्य पारे/नपारेको विषयमा अनुसन्धान गरिरहेका छाैं,’ उनले भने, ‘बाध्य पारेको भए त्यही अनुसार कारबाही हुन्छ । अन्नपूर्णपाेष्टमा खबर छ ।