मंसिर २५, सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर १२ का वडाध्यक्षलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको छ ।
शम्भुनाथ नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष लक्ष्मी साहलाई स्थानीय एक जना महिलालाई बालत्कार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवं प्रवक्ता तिलक भारतीले जानकारी दिए ।
साहलाई प्रहरीको विशेष टोलीले बुधबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ । स्थानीय एक जना महिलाले आफूलाई जबरजस्ती करणीको प्रयास गरेको भन्दै उजुरी दिएपछि वडाअध्यक्षलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
घटनाको आवश्यक अनुसन्धान कार्य भैरहेको तथा पक्राउ परेका वडाध्यक्षलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको डीएसपी एवं प्रवक्ता तिलक भारतीले बताए ।