धादिङमा भुकम्प पछिको पुननिर्माण ८८ प्रतिशत मात्र सम्पन्न

Post Thumbnail

-सन्तोष सुवेदी 

मंसिर ३०,धादिङ । भुकम्पपछिको पुननिर्माणको समयवाधि ढल्किँदै गएपछि घर निर्माणले गति लिएको छ । आँशिक क्षति, पूर्ण क्षति र गुनासोमा नाम आएका सबैले घर निर्माणमा तिब्रता दिएका छन् । धादिङको धुनिबेशी नगरपालिकामा पुननिर्माणको अबस्था कमजोर रहेको तथ्याङले देखाएको छ ।

धुनिबेशी नगरपालिकामा ७ हजार ५ सय ८१ घर क्षति भएकोमा पूर्ण तर्फ ७ हजार ४ सय ७३ जना र प्रवलिकरण तर्फ १ सय ८ जनाले लाभग्राहिको सम्झौता गरेका छन् । यहाँ अझै पनि पहिलो किस्ता लिन बाँकीको सँख्या ६ सय १६ छ भने दोस्रो किस्ता लिन बाँकीको सँख्या १ हजार ९ सय १५ रहेको छ । तेस्रो किस्ता लिन बाँकी सँख्या २ हजार ८ सय १ रहेको छ ।

अन्य पालिकाहरुको तुलनामा धुनिबेशी नगरपालिकामा जम्मा ७१ प्रतिशत मात्र पुननिर्माण भएको राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गत धुनिबेशी नगरपालिकाका ईजिनियर सन्जु भण्डारीले बताए ।

२०७२ सालको भुकम्पबाट धादिङमा ७० हजार २ सय ६० घर पुर्ण रुपमा भत्किएका थिए । ति मध्ये ६८ हजार ५ सय घर अहिले बनिसकेका छन् । धादिङमा ४ हजार ७ सय ५ घर आँशिक भत्किएका थिए । आशिँक पनि बिभिन्न सँस्थाद्धारा ३१ वटा मात्र पुननिर्माण भएको पुननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन ईकाई धादिङका ईन्जिनियर रबिन श्रेष्ठले अनलाईन केन्द्रलाई बताए ।

धादिङ जिल्लामा पूर्ण क्षति र आँशिक क्षति गरी जम्मा ८३ हजार २५ जना लाभग्राहि सूचिमा पर्न सफल भएका छन् । जसमा अहिले सम्म ७७ हजार ६ सय ३६ लाभगा्रहिले पहिलो किस्ता लिएका छन् भने ६६ हजार ७ सय ९८ जनाले दोस्रो किस्ता लिएका छन् । यसैगरि तेस्रो किस्ता लिनेको सँख्या ५९ हजार १ सय ५१ रहेको छ । तेस्रो किस्ताको लागी भवन बनेर पनि प्रक्रियामा १४ सय ५३ रहेको छ ।

सरकारले दिने अनुदान रकमको कमी तथा जनशक्तिको अभावले गर्दा सोचे जति पुननिर्माणमा तिब्रता नआएको सरोकारवालाहरुले बताईरहेका छन् । यसैक्रममा धादिङमा पनि ८८ प्रतिशत मात्र पुननिर्माण भएको तथ्याङ्कले देखाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस