पौष ४, काठमाडौँ । नेपालको पश्चिमी र मध्य भूभाग लगायत पूर्वी पहाडी भूभागमा शुक्रबारको मौसम आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारि दिएको छ ।
नेपालको पश्चिमी भूभागमा पश्चिमी वायूको प्रभाव देखिएको महाशाखाले जनाएको छ ।
अहिले मध्य तथा पूर्वी तराईँका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ । साथै पश्चिमी भेगका उच्च पहाडी हिमाली भूभागमा हल्का हिमपात र पश्चिमी पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद् बरुण पौडेलले बताएका छन् ।