(अपडेट) नुवाकोटमा आइचर दुर्घटनाः रसुवा र खोटाङको गरि दुई जनाको मृत्यु, ६ घाइते

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७६ पौष ६, आईतबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

पौष ६, नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–६ स्थित मुल्थलामा बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिका कर्मचारीको आइचर दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । मुल्थलाबाट चैनपुरतर्फ काम गर्न जाँदै गरेको बा २ क ७९१० नं को आइचरमा सवार सोही कम्पनीका कर्मचारी दुईजनाको दुर्घटनामा परी मृत्यु भएको नुवाकोट प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए ।

दुर्घटनामा रसुवा घर भएका चाइनिज उपनामले चिनिने १८ वर्षीय सुदीप तामाङ र खोटाङका १९ वर्षीय अविरल तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए । नायब उपरीक्षक थापाका अनुसार आइचरमा सवार नागार्जुन कन्स्ट्रक्सन कम्पनीका कर्मचारीहरु बाटोको काम गर्न चैनपुर जाँदै गर्दा दुर्घटना भएको बताए । घाइते छ जनामध्ये दुई जनालाई काठमाडौँ ‘रिफर’ गरिएको र चारजनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस