अवैध लागूऔषध : धादिङ गजुरीका दिपेश ढुंगााना सहित चार पक्राउ

Post Thumbnail

पौष ६, काठमाण्डौँ । प्रहरीले अवैध लागूऔषधसहित काठमाडौं र सिरहाबाट तीनजनालाई पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगाबाट अवैध लागूऔषध गाँजा करिब १ केजी ७ सय ग्रामसहित धादिङ गजुरी गाउँपालिका–८ घर भएका १९ वर्षीय दिपेश ढुंगाानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।  महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले लमजुङबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख १०२८ नम्बरको माइक्रोबस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगाबाट अवैध लागूऔषध गाँजा करिब १ केजी ३ सय २४ ग्रामसहित ललितपुर महानगरपालिका–३ घर भएका ४६ वर्षीय केदार महर्जनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा६प ३४६३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक महर्जनलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

सिरहाको लहान नगरपालिका–४ बस्ने २४ वर्षीय रञ्जितकुमार यादव र अर्नामा गाउँपालिका–४ बस्ने २५ वर्षीय अजय चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर ४ सय ६० मिलीग्राम, नोर्फिन १ एम्पुल, डाइजोपाम १ एम्पुल, फेनारगन १ एम्पुल, नाइट्रोभेट १ ट्याब्लेट, ल्यापटप १ थान, क्यामरा १ थान र मोबाइल ६ थानसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

लहान नगरपालिका–४ स्थित इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले चौधरीलाई जाँच गर्दा ब्राउनसुगर फेला पारी नियन्त्रणमा लिई सोधपुछ गर्दा निजले रञ्जितकुमार यादवसँग खरिद गरी ल्याएको बताएका थिए। प्रहरीले यादवको घर खानतलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारेको हो । थप अनुसन्धान भईरहेको समेत प्रहरीले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस