पौष ७, भक्तपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट पत्रकारहरुको संगठन प्रेस संगठन नेपालको भक्तपुर जिल्ला कमिटीले पूर्णता पाएको छ । प्रेस चौतारी र प्रेस सेन्टरको एकतापछि बनेको प्रेस सङ्गठन भक्तपुरले पूर्णता पाएको हो ।
पार्टी कमिटी तथा पार्टीका विशिष्ठ व्यक्ति सहित भएको छलफल पछि संगठनले आज पूर्णता पाएको हो । २९ जना कार्य समिति रहने गरी जिल्ला कमिटी विस्तार भएको छ । जसमा दुई जनाको नामावली प्रकाशन गर्न बाँकी रहेको छ ।