काठमाण्डौमा चिसो बढ्दै, तापक्रम ३.३ डिग्री सेल्सियस

Post Thumbnail

पौष ७, काठमाण्डौँ । काठमाण्डौमा चिसो महसुस भएको छ । अहिले उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसको हाराहारीमा रहेको छ । सोमबार बिहान ६ बजे काठमाण्डौको तापक्रम अहिलेसम्मकै कम ३ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अझै केही दिन तापक्रम अहिलेको जस्तै रहने र तत्कालै पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ । सोमबार पनि तराईमा बाक्लो कुहिरो लागेको छ । दिउँसो केहीबेर कुहिरो हटे पनि केही दिनदेखि बिहान र बेलुका बाक्लो कुहिरो लाग्दा घरबाहिर निस्कनसमेत समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् ।

केही दिनयता तराईका क्षेत्रमा लगातार जस्तै कुहिरो लाग्दा जनजीवन प्रभावित भएको हो । सोमबार पनि तराईमा दिउँसो १ बजेसम्म कुहिरो लाग्ने र त्यसपछि हट्ने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस