पौष ७, काठमाण्डौँ । गल्छी-रसुवागडी-केरुङ अन्तरदेशीय प्रसारण लाइन नेपाल चीन र अरु दक्षिण एसियाली क्षेत्रीय मुलुकसँगको विद्युत व्यापारका लागि प्रयोग गर्ने सहमति गर्दै चिनियाँ टोली स्वदेश फर्किएको छ ।
अन्तरदेशीय प्रसारण लाइनका विषयमा छलफल गर्न स्टेट ग्रिड कर्पोरेसन अफ चाइनाका उपप्रमुख झाओ किङबोको नेतृत्वमा आएको ९ सदस्यीय चिनियाँ टोली ‘नेपाल(चीन र अरु क्षेत्रीय देशमा विद्युत व्यापारका लागि उक्त प्रसारण लाइन प्रयोग गर्ने सहमति जनाउँदै स्वदेश फकिएको हो । यो अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात-निर्यातका लागि चीनले मान्यता दिएको छ ।
आयोजना निर्माणलाई दुवै देशले प्राथमिकतामा राखेको भए पनि त्यसको विस्तृत परियोजना प्रतिवेदन डिपिआर भने अझै बनिसकेको छैन । आत्रेयका अनुसार दुवै देशले आ(आफुले तयार गरेको सम्भाव्यता अध्ययन गर्ने र त्यसैका आधारमा डिपिआर बनाउने तयारी छ ।
‘