पौष ८, काठमाण्डौँ । सरकारले नेपाल भ्रमण बर्ष २०२० को औपचारिक उद्घाटन कार्यक्रमलाई भव्य बनाउन २ करोड रुपैयाँ खर्च गर्दै छ । पुस १६ गते जनवरी १० का दिन दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण बर्ष शुरु भएको औपचारिक घोषणा गर्नेछिन् । उद्घाटन कार्यक्रममा सहभागिताका लागि सरकारले ३१ मुलकका पर्यटन मन्त्रीलाई आमन्त्रण गरेको छ । लाई भव्य उद्घाटन गरी नेपाल पर्यटकीय हिसाबले सुरक्षित र आकर्षक गन्तव्य हो भन्ने सन्देश प्रवाह गरिने भ्रमण बर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्यको भनाइ छ ।
उनले भ्रमण बर्ष उद्घाटन कार्यक्रम हालै सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) पछि नेपालमा आयोजना हुने अर्को ठूलो अन्तरराष्ट्रिय स्तरको कार्यक्रम हुने बताए । त्यसका लागि सचिवालयले सम्पूर्ण तयारी गरिरहेको वैद्यले जानकारी दिए। उद्घाटन कार्यक्रमको खर्च नेपाल भ्रमण बर्ष सचिवालयलाई सरकारले उपलब्ध गराएको वार्षिक बजेटअन्तर्गत रहेको पर्यटनमन्त्री योगेश भट्टराईले बताए ।
सरकारले हालै भ्रमण बर्षका लागि ६१ करोड ६१ करोड ७४ लाख बजेट स्वीकृत गरेको छ। त्यसमध्ये पर्यटन मन्त्रालयबाट १० करोड र नेपाल पर्यटन बोर्डबाट १० करोड गरी २० करोड रुपैयाँ उपलब्ध भएको भ्रमण बर्ष सचिवालयले जानकारी दिएको छ । यो खबर आज प्रकाशित आर्थिक अभियान दैनिकमा छापिएको छ ।