काठमाडौंको चिसो सामान्य थपघट, जोमसोममा माइनस १ दशमलब २ डिग्री

  • अनलाइन केन्द्र
  • / प्रवास /
  • २०७६ पौष ८, मंगलबार (५ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

पौष ८, काठमाण्डौँ । काठमाडौंको तापक्रम मौसमविद् राजु प्रधानांगका अनुसार आज ३ दशमलब ५ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा बढी चिसो जुम्लामा हिजो माइनस ५ डिग्री सेल्सियस रेकर्ड भएको थियो । त्यसपछि जोमसोममा माइनस १ दशमलब २ डिग्री सेल्सियस भएको छ । त्यसैगरी जिरीमा माइनस १ दशमलब ५ डिग्री सेल्सियस भएको छ ।

मौसमविद् प्रधानांगले अहिले नेपालमा कुनै पनि मौसमी प्रणाली भने नरहेको जनाए । तराई क्षेत्रमा सामान्य हुस्सु र कुहिरोको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस