प्रदेश ३ सरकारले आठ स्थानमा ‘हिल स्टेसन’ बनाउने, धादिङको रुबी भ्याली छनौट

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७६ पौष ९, बुधबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

पौष ९, काठमाण्डौँ । प्रदेश ३ सरकारले आठ स्थानमा हिल स्टेसन बनाउने निर्णय गरेको छ । प्रदेश सरकारले आव २०७६÷७७ मा धादिङको रुबी भ्याली, नुवाकोटको ककनी, रसुवाको सोम्दाङ, मकवानपुरको चित्लाङ, सिन्धुपाल्चोकको मुडे, दोलखाको जिरी, रामेछापको शिवालय र सिन्धुलीको सिन्धुलीगढीलाई हिल स्टेसनका रूपमा विकास गर्न लागेको हो । हिल स्टेसन निर्माण गर्न प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आव २०७५र७६ मा नै ५ करोड रुपैयाँ रकम विनियोजन गरे पनि काम सुरु हुन सकेको थिएन । तर, हिल स्टेसन मल्टिपर्पोज हुनेगरी निर्माण गर्न प्रदेश ३ को पर्यटन मन्त्रालयले डिजाइन तयार गरी काम गर्न सुरु भइसकेको आयोजना प्रमुख सापकोटाले जानकारी दिएका छन् ।

प्रदेश सरकारले घोषणा गरेको भ्रमण दशक २०२० देखि २०३० अन्तर्गत यसलाई ड्रिम प्रोजेक्टका रूपमा लिएको छ । प्रदेशले यसै आर्थिक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्यका साथ २० करोड रुपैयाँ छुट्याएको छ । यसैगरी, तीन स्थानको ठेक्का सम्झौता भएको, दुई स्थानको ठेक्का प्रक्रिया रहेको, तीन स्थानको डीपीआर अन्तिम चरणमा पुगेको प्रदेश ३ को उद्योग वन तथा पर्यटन मन्त्रालयका पर्यटन आयोजना प्रमुख शिव सापकोटाले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस