पौष ९, काठमाण्डौँ । काठमाण्डौको रानी पोखरीको काम धमाधम भईरहेको छ । रानीपोखरी कुन डिजाईनमा बनाउने भन्ने सामान्य बिबादका कारण केहि समय रोकिएको निर्माण कार्य अहिले तिब्र गतिमा भईरहेको छ ।
अहिले रानीपोखरीमा ५५ भन्दा बढी ब्यक्तिले काम गरिरहेका छन् । अहिले रानीपोखरीको काम करिव ४५ प्रतिशत सम्पन्न भएको छ ।
अहिले बिषेश गरि पोखरीमा ईट्टा बिछ्याउने काम भईरहेको छ । यसका साथ्रै रानीपोखरीमा हुने मन्दिरको काम पनि धमाधम भईरहेको छ ।
हेर्नुहोस् फोटो फिचर :