कन्सल्टेन्सीको नाममा ठगीधन्दा चलाएपछि धादिङ कटुन्जेका गुरुङ पक्राउ

Post Thumbnail

पौष १०, धादिङ । कन्सल्टेन्सीको नाममा ठगीधन्दा चलाएको अभियोगमा धादिङ कटुन्जे ९ घर भई हाल ललितपुर बस्ने ४२ वर्षीय सुमन भन्ने मान बहादुर गुरुङ पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध अनुसन्धान महासाखाको सिभिल टोलीले उनलाई पक्राउ गरेको हो ।

गुरुङविरुद्ध वैदेशिक रोजगारको सिलसिलामा आफूलाई रेहाना एडुकेसन कन्सल्टेन्सीको संचालक बताउदै १० लाख ५० हजार रकम ठगी गरेको बताउदै म्याग्दी मालिका ५ घर भई हाल काठमाडौं सामाखुशी बस्ने वर्ष ५० का हुमलाल गुरुङ समेतका व्यक्तिहरुले जाहेरी दिएका थिए । यो समाचार दियो पोष्टबाट साभार गरिएको हो । अपराध महासाखाका प्रवक्ता एसपी केदार ढकालका अनुसार उनलाई राजधानीको डिल्लीबजारबाट पक्राउ गरिएको हो ।

गुरुङले आफूलाई रिहाना एजुकेशन कन्सल्टेन्सीको सञ्चालक रहेको बताउँदै आएका थिए । प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस