नुवाकोट र काठमाडौंका दुई जना भन्सार छलीका सामान सहित पक्राउ

Post Thumbnail

पौष १०, काठमाण्डौँ । भन्सार छलेर ल्याइएको विद्युतीय सामान सहित दुईजना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले भित्र्याएको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका २५ गुह्यश्वरीका २७ वर्षीय निकेश शाक्य र लैनचौर बस्ने नुवाकोटका रेश्मा श्रेष्ठ रहेका छन् ।

५५ लाख रुपैयाँ बराबरका विद्युतीय सामानसहित उनीहरुको साथबाट प्रहरीले १५ लाख ७७ हजार नगद, एनएमबी बैंकको पाँच लाखको चेक, २३ थान आईप्याड, १८ थान आईफोन ११, नौ थान एप्पल वाच, वायरलेस एयरफोन ६ थान, सामसुङका १५ थान मोवाइल लगायत सामान बरामद गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस