पौष ११, काठमाण्डौँ । देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर तराईका मध्य तथा पश्चिमी भूभागहरुमा बाक्लो हुस्सु र कुहिरो लाग्ने मौसमविदले बताएका छन् ।
राम्रोसँग घाम नलाग्ने भएकोले तापक्रममा गिरावट आई चिसो बढ्ने देखिएको मौसमविदको भनाई छ । चिसोबाट बच्ने उपायहरु अपनाउनुका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न र सतर्कता अपनाउन मौसमविदले आग्रह गेका छन् ।