उत्तरी धादिङको बिकासमा सक्रिय सांसद लोहनी र सिंखडा : पाँच गाउँपालिका जोड्न पुलको सिलान्यास

Post Thumbnail

पौष ११, काठमाण्डौँ । धादिङका प्रतिनिधी सभासदस्य खेम प्रसाद लोहनीले बिकास निर्माणको काम दू्रत गतिमा हुनुपर्ने बताएका छन् । निर्माणको जिम्मा लिएर काम नगर्ने, लापरबाहि गर्ने, ठग्ने, दादागिरी देखाउने लगायतका कार्य गर्नेलाई तत्काल कारबाहिको दायरामा ल्याउने समेत साँसद लोहनीको भनाई थियो । बिहिबार धादिङको लपाङखोला सडकपुल शिलान्यास कार्यक्रममा साँसद लोहनीले काममा बाधा पार्ने जुनसुकै ठेकेदारलाई पनि कालो सुचिमा राखेर कारबाहि गरिने बताए ।

अधिकाँस ठाउँमा बिकास निर्माणको काम गर्दा स्थानियहरुको अबरोध आउने तथा निर्माणको काम ठप्प नै हुने स्थिती आउने गरेकाले यस्ता परिस्थिती नल्याउन समेत साँसद लोहनीले स्थानियमा आग्रह गरेका छन् । १२ बर्ष अघिदेखि निर्माण हुननसकेको लपाङ्खोला पुल अब छिटो बनाउन ठेकेदार देखि स्थानिय सम्म सक्रिय हुनुपर्ने उनले बताए ।


देशमा सँघियता आएपछि गाउँगाउँमा सिँहदरवार तथा बिकासका काम घरदैलोमै आएको प्रति खुसि हुनुपर्ने समेत उनले बताए । धादिङबेशी तिप्लिङ सडकखण्ड लाई सरकारले रणनितिक सडकको रुपमा लिएको साँसद लोहनीले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं ३ का प्रदेशसभा सदस्य जगत सिंखडाले धादिङका विकट स्थानमा बिकास निर्माणको काम अगाडी बढेको बताएका छन् ।

सँघियतासँगै देशका बिकट स्थानमा पनि बिकास छिटो पुगेको भन्दै धादिङको उत्तरी क्षेत्रको बिकासमा पनि राज्यको नजरमा परेको भन्दै सांसद सिखंडाले ईमान्दारीताका साथ गाउँ विकासमा लाग्नुपर्ने बताए । उनले बिकासका काम पारदर्शि तथा ईमान्दारिताका साथ गर्न समेत स्थानिय लगायत ठेकेदारलाई आग्रह गरेका छन् ।

धादिङको उत्तरी क्षेत्र पाँच वटा गाउँपालिका नेत्रावति, त्रिपुरासुन्दरी, खनियावास, गंगाजमुना र रुविभ्यालि जोड्ने लपाङखोला सडकपुल बिहिबार एक कार्यक्रमकाबिच शिलान्यास गरिएको हो । पुल करिव ४५ मिटर लम्बाइ र ८।४० मिटर चौडाइको हुनेछ । पुल निर्माणको ठेक्का रसुवा कन्ट्रक्शन र जे।वि।एन।एस कम्पनिले लिएको छ । पुल एक बर्षभित्रैै निर्माण सम्पन्न हुने ठेकेदारले जनाएका छन् । विगत १२ वर्षदेखि अलपत्र बन्दै आएको लपाङखोला सडकपुल २०७६ मंसिर ३० गतेबाट काम सुरु भएको जिल्ला आयोजना कायन्वयन ईकाई अनुदान व्यवस्थापन तथा स्थानिय पूर्वाधार धादिङका प्रमुख जयराम श्रेष्ठले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस