उपत्यकाको न्यूनतम तापक्रम ०.६ डिग्री, अझै घट्ने सम्भावना

Post Thumbnail

पौष १२, काठमाण्डौँ । शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षको अहिलेसम्मकै कम भएको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार शनिबार बिहान साढे ६ बजे गरिएको मापन अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियस देखिएको हो । यो यस वर्षको अहिलेसम्मकै कम तापक्रम भएको उनले बताइन् ।

अहिले काठमाडौं उपत्यकासहित देशैभर चिसो बढेको छ । अहिले देशभरका तराई क्षेत्रमा बाक्लो हुस्सुरकुहिरो लागेको उनले बताइन्। जसका कारण चिसो बढेर अहिले तराईको जनजीवन कष्टकर बनिरहेको छ । तराईमा हुस्सुरकुहिरो बाहेक आज देशभर मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस