जापानले दिएको ८५ क्विन्टल चामल कुहियो तर बाँडिएन !

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७६ पौष १४, सोमबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पौष १४, काठमाण्डौँ । थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गादाममा पाँच बर्षअघि जापान सरकारले दिएको चार सय ८५ क्विन्टल चामल कुहिएको अवस्थामा भेटिएको छ ।

संसद्‌को उद्योग तथा वाणिज्य र उपभोक्ता हित समितिले खाद्यवस्तु अनुगमन गर्न गठन गरेको उपसिमितिले आइतबार कुहिएको चामल मात्रै भेट्टायो। खाद्य संस्थाले आफैं व्यवस्था गरेर चामल वितरण गर्नुको सट्टा जापानले अनुदानमा दिएको चामलसमेत बर्षौं गोदाममा थन्क्याएर कुहाएको भेटियो, यो त अति नै भयो, अनुगमनपछि उपसमिति संयोजक नरबहादुर धामीले भने ।

कुनै बोरामा ३० केजी लेखिएको छ । काटेर कलमले २५ केजी बनाइएको छ, मुसाले खाएकाले बोराको तौल पनि घटाइएको अधिकारीहरुले जबाफ दिएका छन्, यो खबर नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस