अब काठमाडौँको फोहोर व्यवस्थापन चुनौतीपूर्ण, सिसडोललाई सास्ती

Post Thumbnail

पौष १५, काठमाण्डौँ । नुवाकोटको सिसडोलमा बनाइएको ल्यान्डफिल साइटमा फोहोर फाल्न थालेको १४ वर्ष पुग्दा पनि अर्को विकल्प नहुँदा अब काठमाडौँको फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । फोहोर फाल्ने ठाउँ भरिनुका साथै स्थानीयवासीका गुनासा र अवरोधले गर्दा यस्तो अवस्था आएको हो । दुई वर्षका लागि मात्र काठमाडौँको फोहोर फाल्न तयार गरिएको सो स्थानमा २०६२ जेठ २२ देखि फोहोर फालिँदै आएको छ ।

काठमाडौँ, ललितपुर र कीर्तिपुरको फोहोर फाल्न भनी बनाइएको सिसडोलमा हाल १८ वटा नगरको फोहोर फालिँदै आएको छ । वैकल्पिक ल्यान्डफिल साइटका रूपमा नुवाकोटकै बन्चरे डाँडामा स्यानिटरी ल्यान्डफिल साइट निर्माण हुँदै छ । गएको मङ्सिरदेखि नै बन्चरे डाँडामा फोहोर लाने भनिए पनि निर्माण नसकिएकाले सिसडोलमै फोहोर कोच्याइएको छ । सडोलदेखि बन्चरे डाँडासम्मको १.९ किलोमिटर सडक निर्माणको काम सडक विभागले अन्तिम चरणमा पुगेको भए पनि ल्यान्डफिल साइट निर्माणको भौतिक प्रगति भने ३० प्रतिशत मात्र छ ।

सिसडोललाई सास्ती
चौध वर्ष निरन्तर फोहोर थुपार्दा फैलिएको दुर्गन्धले आक्रान्त छन् सिसडोलवासी । त्यति मात्र होइन, पछिल्ला वर्षमा फोहोरका कारण प्रभावित क्षेत्रका बासिन्दा स्वास्थ्य समस्याबाट समेत ग्रस्त रहेको बताउनुहुन्छ, धुनिबेँसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य । उहाँका अनुसार सिसडोलको तल्लो क्षेत्रमा पर्ने कोल्पु खोला आधार क्षेत्रमा खेतीपाती नै हुन छोडेको छ । स्थानीयवासीका अनुसार ककनी–२ र ३, धुनीबेँसी–१ लगायत तल्लो क्षेत्र फोहोर कुहिएर बगेको लेदोले प्रभावित छ ।

ताजा अपडेट

खोजी गर्नुहोस