काभ्रेमा दम्पत्तीको हत्यारा जुत्ताबाट पत्ता लाग्यो !

Post Thumbnail

पौष १७, काठमाण्डौँ । दुईमहिना अघि काभ्रेमा दम्पत्तीको हत्या भएको घटनाको प्रहरीले अनुसन्धान टुंग्याएको छ । पुराना सिक्का र नगद लुट्नका लागि दम्पत्तीको हत्या भएको प्रहरीले जनाएको छ ।

गत २९ कात्तिकमा नमोबुद्ध–८ दाप्चामा श्यामकृष्ण श्रेष्ठ र उनकी श्रीमती रुकुमायाको हत्या भएको थियो । हत्यामा संलग्न उदयपुरका किरणकुमार मगर र सुमन राईलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिहाइबी) ले मंगलबार पक्राउ गरेको हो । ‘बास बस्ने बहानामा योजना बनाएरै उनीहरु लुटपाटका लागि त्यो घरमा गएका रहेछन्’, सिआइबीका एसपी बेल बहादुर पाण्डेले भने, ‘पछि घम्साघम्सी भएपछि हत्या गरेको उनीहरुले बताएका छन् ।’

घटनाको भोलीपल्टै अनुसन्धानका लागि सिआइबीबाट डिएसपी हरि बस्नेतको नेतृत्वमा टोली खटिएको थियो । अनेक कोणबाट अनुसन्धान गर्दा पनि अभियुक्त पत्ता लगाउन प्रहरी सफल भएन । घटनाका बेला प्रयोग भएको जुत्ता निर्माण मजदुरहरुले घरको ढलान तथा प्लास्टरमा लगाउने प्रहरीले थाहा पायो । त्यसपछि प्रहरी अनुसन्धान निर्माण मजदुरतिर सोझियो । गाउँमा घर ढलान गर्न गएका दुई युवकमाथि प्रहरीले अनुसन्धान गर्दा सही सावित भयो । नयाँ पत्रिका दैनिकबाट

ताजा अपडेट

खोजी गर्नुहोस