पौष २०, काठमाण्डौँ । पचपन्न केजी गाँजासहित चार जना पक्राउ परेका छन् । तीन भारतीय र एक नेपालीलाई शनिबार मकवानपुरबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । करिब २० केजी गाँजासहित मकवानपुरको राक्सीसाङ गाउँपालिका–५ का राजकुमार मोक्तान र ३५ केजी लागुपदार्थसहित भारत मोतीहारीका दिलीपकुमार सिंहसहित अन्य दुई जनालाई हेटौँडाको रातमाटेबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका भारतीयले आफ्नै देशमा दर्ता भएको निजी कार र अभियुक्त मोक्तानले मालबाहक ट्रक गाँजा तस्करीमा प्रयोग गरेको बताउँदै त्यस सम्बन्धमा आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
रासस