सवारी दुर्घटना दुई जनाको मृत्यु

Post Thumbnail

पौष २०, काठमाण्डौँ । झापाको दमकस्थित क्याम्पस मोडमा भारतीय ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । यात्रु बोकेको अटो रिक्सालाई ठक्कर दिदाँ शनिबार राति दुई जनाको घट्नास्थलमै मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जादै गरेको मे १ ह ४९१९ नम्बरको अटो रिक्सालाई बिपरीत दिशाबाट आईरहेको बि आर ०७ जि एच ८७८८ नम्बरको ट्रकले ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा दमक नगरपालिका वडा नम्बर ९ का अटो रिक्सा चालक हरिबहादुर भुजेल र सोहि वडामा बस्ने अटो रिक्सामा सवार सुरज शाह रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस