संसदमा रेल्वे विधेयक दर्ता

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७६ पौष २१, सोमबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

पौष २१, काठमाण्डौँ । रेल सञ्जाल निर्माण तथा सञ्चालनको सम्भाव्यता अध्ययनको काम जारी रहेका बेला सरकारले रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता गरेको छ ।

रेल्वे सेवाको विकास, विस्तार, सञ्चालनलगायतका व्यवस्था समेटेर कानूनी आधार तयार पार्न विधेयक संसदमा दर्ता गरिएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले दर्ता गरेको विधेयकको प्रक्रिया चालू अधिवेशनमै अगाडि बढ्ने छ । गोरखापत्र दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस