गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि हेटौंडा उपमहानगरले ३० लाख सहयोग गर्ने

Post Thumbnail

पौष २१, मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले चितवनको भरतपुरमा निर्माण भईरहेको गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशालाका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । आइतबार निर्माणाधिन रङ्गशालाको अवलोकनपछि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सहयोगको घोषणा गरेका हुन् ।

धुर्मुस सुन्तलीको प्रयासमा अन्तर्रा्ष्ट्रिय स्तरको रङ्गशाला निर्माण हुन लागेकाले स्थानीय सरकारको रुपमा सहयोग गर्न लागेको मेयर महतले बताए । यो कवोल रकम केही दिनमा नै हस्तान्तरण गर्ने उनले बताए । चितवनको भरतपुर महानगरपालिकास्थित कृषि तथा वन विश्वविद्यालय परिसर भित्रको २० बिघा ६ कट्ठा क्षेत्रफलमा २५ हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रङ्गशाला निर्माण गर्न लागिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस