पौष २२, काठमाण्डौँ । आगामी शुक्रबार चन्द्र ग्रहण लाग्दैछ । यो चन्द्रग्रहण शुक्रबार राती १० बजेर ३८ मिनेटमा सुरु भएर शनिबार बिहान २ बजेर ४२ मिनेटमा सकिने बताईएको छ । सन् २०२० सुरु भएपछिको यो पहिलो चन्द्रग्रहण हो । यो ग्रहणलाई मांद्य ग्रहण पनि भन्ने गरिन्छ ।
जसलाई ग्रहणको रुपमा खासै लिने भने गरिएको पाईदैन । किनकी यसमा चन्द्रमाको छाँया धुमिल हुँदै जान्छ । यस्तो अबस्थामा चन्द्रमाको करिव ९० प्रतिशत हिस्सा धमिलो प्रतित हुन्छ । यो क्रियामा चन्द्रमाको कुनै पनि भागमा ग्रहण पर्दैन । यसकारण पनि सुतक मान्ने गरिँदैन ।
ज्योतिश शास्त्रका अनुसार यो उपछाँया चन्द्रग्रहण हो । यसकारण यसमा सुतककाल नहुने जनाईएको छ । दोस्रो चन्द्रग्रहण सन २०२० को जुन ५ मा लाग्नेछ । यसैगरी तेस्रो चन्द्र ग्रहण जुलाई ५ र चौथो चन्द्रग्रहण नोभेमबर ३० तारिकमा लाग्नेछ ।
तस्विर : सांकेतिक