पौष २३, काठमाण्डौँ । काठमाडौंबाट पक्राउ परेका १२२ चिनियाँलाई आज स्वदेश फर्काईने भएको छ । अध्यागनम विभागका निर्देशक रामचन्द्र तिवारीका अनुसार आवश्यक सबै प्रक्रिया पूरा गरेर उनीहरुलाई देश निकाला गर्न लागिएको हो । १२२ चिनियाँलाई बुधबार डिपोर्ट गर्न लागिएको तिवारीले बताए ।
नेपालमा बसेर चीनमा विभिन्न अपराधमा संलग्न भएको आरोपमा पुस २३ गते उनीहरु पक्राउ परेका थिए । स्रोतका अनुसार उनीहरुलाई लैजानका लागि नेपाली विमान नै चिनियाँ पक्षले चाटर्ड गरेको छ ।